फोनपेको संचालक समितिको अध्यक्ष पदमा सशीन जोशीको नियुक्ति

२०८० मंसिर २८, बिहीबार

काठमाडौ : फोनपेको संचालक समितिको अध्यक्षमा सशीन जोशीलाई नियुक्त भएका छन् । फोनपे ले आफ्नो संचालित समितिको अध्यक्षको रुपमा सशीन जोशीलाई नियुक्त गरेको हो । बुधबार अध्यक्ष सशीन जोशीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र बाट शपथ लिएका हुन्।

यसअघि जोशी फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध थिए । उनि जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित जोशी करिव दुई दशक भन्दा बढि समय नेपालको प्रमुख बैंकिङ् संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

पदग्रहण पछि जोशीले भने, ‘अध्यक्षको रुपमा आफुले फोनपे संस्थालाई अझै बढि सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाउउन चाहान्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार