कैलाली : कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न आएका प्रा.डा.गोविन्द केसीले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।
प्रस्तावित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा केसीलाई विश्वविद्यालय पुनर्स्थापना सङ्घर्षरत स्थानीयले अवरोध गरेका थिए । त्यसपछि शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् । सङ्घर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् ।
डा. केसी २० औँ अनसन पनि यहि बसेका थिए । २० औँ अनशन १३ दिन सम्म जारी रहेको थियो । यसअघि काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा डा.केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप, क्षमता वृद्धि र निःशुल्क औषधिको सुनिश्चितताको माग राखेर अनशन बस्ने बताएका थिए ।
२०८० फागुन भित्र प्रतिष्ठान बनाउने र फागुन भित्र अध्ययन सुरु गर्ने बताएपछि २० औँ अनशन तोडिएको तर, अहिले त्यो निर्णय कार्यान्वयन नभएपछि पुन अनसन बस्नु परेको जैसीले बताए।





