२७.७५ अंकले बढ्यो सेयरबजार, ५ अर्ब १५ करोडको कारोबार

२०८० पुष १, आईतवार

काठमाडौँ : सेयरबजारमा ५ अर्ब बढीको कारोबार भएको छ। आज बजार २७.७५ अंकले बढेसँगै ५ अर्ब १५ करोडको कारोबार भएको हो। उक्त कारोबार पछिल्लो ५ महिनायताकै उच्च हो। गत असार १३ गते बजारमा ५ अर्ब ८७ करोडको कारोबार भएको थियो। मौद्रिक नीतिको समीक्षापछि बजार निरन्तर बढेर २ हजार २२ विन्दुमा पुगेको छ।

मौद्रिक नीतिको समीक्षाअघि बजार साढे १८ विन्दुमा थियो। समीक्षामा मार्जिक प्रकृतिको सेयरधितो कर्जाको जोखिम भार १५० प्रतिशतलाई १२५ मा झारियो । त्यसयता बजार निरन्तर बढेर २ हजार विन्दु नाघ्न सफल भएको छ।

बजार बढ्न थालेसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। बजारसँगै बढ्दो कारोबारले लगानीकर्ता उत्साहित रहेको आँकलन गर्न सकिन्छ। आज ११ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज बोटलर्स नेपाल(बालाजु), रिडी पावर, शिव श्री हाइड्रोपावर, बलेफि हाइड्रो, दोर्दी खोला, विन्दवासिनी हाइड्रो, सगरमाथा जलविद्युत, भूगोल इनर्जी, रावा इनर्जी, थी्रस्टार हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।

बढेको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक २५ करोड १२ लाखको कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनिरल एण्ड आयल कम्पनीको १६ करोड ६५ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाखको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार