चिसो बढेपछि सिमकोट छाड्ने बढे

२०८० पुष २, सोमबार

हुम्ला : उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि हुम्लाबाट हवाईमार्ग हुँदै बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । चिसोले दमका बिरामी बढेसँगै नेपालगन्ज र सुर्खेत झर्ने यात्रुको सङ्ख्या बढेको हो ।

समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोविन्द लामाका अनुसार यस वर्ष हालसम्मकै बढी यात्रु नेपालगन्ज र सुर्खेत झरेका छन् । जिल्लामा चिसो बढेको र दीर्घरोगी न्यानो हुने स्थानमा झर्ने भएका कारण यात्रुको चाप बढेको हो । कात्तिकयता समिट एयरले दैनिक एकदेखि दुई उडान भर्ने गरेको छ । प्रत्येक दिन यात्रुको चाप बढी रहेका कारण टिकट पाउन पनि समस्या देखिएको छ । समिट एयरले एउटा उडानमा १८ जना यात्रु बोक्ने गर्दछ ।

सीता एयरले हाल दैनिक दुईदेखि तीन वटा उडान भर्ने गरेको छ । सिमकोटबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रुको चाप उस्तै रहेको बताइन्छ । सीता एयरले एउटा उडानमा १५ जना यात्रु बोक्ने गर्छ । तारा एयरले पनि दैनिक एकदेखि दुई उडान भर्ने गरेको छ । तारा एयरले एउटा उडानमा १५ जना यात्रु बोक्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार