कुवेतका अमिरको निधनमा आज शोक

२०८० पुष २, सोमबार

काठमाडौं : कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ।

कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार