स्यालको टोकाइबाट बालकको मृत्यु

२०८० पुष २, सोमबार

इनरुवा : सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानिय राष्ट्रिय शारदा आधारभूत विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक कुन्दन सदाको ज्यान गएको हो ।

कुम्याही कोशी–५ मा कक्षा–२ मा अध्ययनरत कोशी–५ कुम्याहीका कुन्दन सदालाई मङ्सिर १५ गते स्यालले टोकेर घाइते भएकोमा उपचारकै क्रममा आइतबार साँझ कोशी अस्पताल विराटनगरमा निधन भएको स्थानिय शिक्षक सागर पण्डितले जानकारी दिएका छन् । पण्डितले सदाको निधन खबरले गाउँ नै सोकमा डुबेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार