बुटवलमा बैङ्कका कर्मचारी मृत फेला

२०८० पुष २, सोमबार

बुटवल : बुटवलको साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत  कर्मचारी बुटवलको फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा आज झुण्डिएको अवस्थामा बिहान फेला परेका हुन् । फुलवारिको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए। शर्मा बुटवलको ट्राफिक चोकमा रहेको बैङ्कको कर्जा शाखामा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार