नेपालबाट ४ महिनाको अवधिमा ९२ करोडको पिना निर्यात

२०८० पुष ७, शनिबार

काठमाडौँ : चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा नेपालबाट ९२ करोड रुपैयाँ बराबरको पिना निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा ९२ करोड रुपैयाँभन्दा धेरैको पिना निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट १ करोड ८० लाख किलोग्राम पिना निर्यात भएको छ । र, नेपालबाट निर्यात हुने सबै पिना भारतीय बजारमा खपत हुने गरेको भन्सारको तथ्यांकले देखाएको छ । नेपालले विदेशी मुलुकबाट कच्चा खानेतेल ल्याउँछन् । र, त्यसलाई प्रशोधन गर्दा निस्कने पिनालाई समेत तयारी अवस्थामा बनाएर पुनः निर्यात गर्ने गरेका छन् ।

नेपालले अर्जेन्टिना, ब्राजिल, युक्रेन, बोलिभिया, रुस लगायनका मुलुकबाट कच्चा सुर्यमूखी र भटमास तथा तोरीको तेल ल्याउँछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा २० वटाभन्दा धेरै तेल प्रशोधन कम्पनी छन् । जसले विदेशबाट कच्चा तेल ल्याउँदै तयारी बनाएर नेपाल तथा भारतीय बजारमा बिक्री वितरण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार