कैलालीमा पहिलोपटक समिलिङ्गी विवाह दर्ता

२०८० पुष ८, आईतवार

धनगढी : कैलाली जिल्लामा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ। कैलालीको कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ की मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन्।

चौधरी र न्यौपानेले ४ वर्ष अगाडि नै हिन्दु परम्पराअनुसार विवाह गरेका थिए। उनीहरु दुवै जना तेस्रो लिङ्गी हुन्। शुक्रबार कैलारी गाउँलिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो।

सर्वोच्च अदालतले गत असारमा समलिङ्गी विवाहलाई मान्यता दिएपछि देशका विभिन्न ठाउँमा समिलिङ्गी विवाहले कानुनी मान्यता पाउन थालेका छन्। यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गरेको थियो।

समलिङ्गी विवाह दर्तापछि कैलालीका प्रकाश र मनिलाले खुसी व्यक्त गरे। ४ वर्ष अगाडि नै सामाजिक विवाह गरेका आफूहरुको विवाहले कानुनी मान्यता पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार