नक्सालमा कार्यरत प्रहरीका सई आफ्नै घरमा मृत फेला

२०८० पुष ८, आईतवार

काठमाडौँ : प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल, काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय मृत फेला परेका छन्। ४४ वर्षीय उपाध्याय आज बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार उपाध्याय आफ्नै घरको तेस्रो तलाको कोठामा मृत फेला परेका हुन्। सई उपाध्यायको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर ढुंगानाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार