मृतक आरती साहका पति मोतिबावु पुनः पक्राउ

२०८० पुष ९, सोमबार

काठमाडौँ : आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतिबावुलाई प्रहरीले पक्राउ गरेको छ । मोतिबावुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरीले बताए ।

मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् । सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

२०८० जेठ ७ मा जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतिको हत्या भएको पीडित परिवारको आरोप छ । पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला मोतीबावु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो । आरतीका बुवा, आमा काठमाडौँमा निरन्तर अनसनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार