काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको पक्षमा मान्छे नभेटिने अवस्था बनिसकेको टिप्पणी गरेका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पछिल्ला ठूला घटनामा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले कहीँ न कहीँबाट आजको छलफल थाहा पाउनुहुन्छ होला । हेर्नुस् हालत प्रतिपक्षमा बसेको साथीहरू त हुनुभयो हुनुभयो अहिले को कुन दलको भनेर मेट्दिएर बाहिर सुन्यो भने सरकारको पक्षकै मान्छे नभेटिने भइसक्यो । यो कुरालाई उहाँले गम्भीरतापूर्वक लिनुहुन्छ होला ।’





