गणतन्त्रवादीहरु एक रहेका छन्, राजतन्त्र फर्किने सम्भावना छैन : ओली

२०८० पुष १६, सोमबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै यस बिषयमा बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका हुन् ।

उनले मुलुकमा गणतन्त्रवादीहरु एक रहेकाले फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको र आफुहरुले पनि राजतन्त्र फर्काउन नदिने स्पष्ट पारे । उनले कुनै पनि किसिमको तानाशाह नेपालमा स्वीकार्य नहुने बताए ।

त्यस्तै ओलीले लोकतान्त्रीक गणतन्त्र, शान्ति, विकासमा सवैदलहरु एक रहेको उल्लेख गरे । उनले बालकुमारी घटनामा मन्त्री पुगेर भिडलाई उत्तेजित बनाएको भन्दै प्रहरी प्रशासनले पनि निर्मम दमन गरेको बताए ।

ओलीले अहिलेको अवस्थामा मेलमिलापको सान्दर्भिकतालाई सबैले बुझ्नुपर्ने समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार