काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।
सो पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले दम बढेपछि अस्पताल भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताएका छन्।





