उपरथीमा बढुवा भएका घिमिरे र ढकालले पाए दर्ज्यानी चिन्ह

२०८० पुष १७, मंगलवार

काठमाडौं : नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका चोकबहादुर ढकाल र पवनराज घिमिरेले दर्ज्यानी चिन्ह पाएका छन्।

सोमबार सैनिक निर्देशनालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ढकाल र घिमिरेलाई दज्र्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ । ढकाल र घिमिरेलाई पुस ११ गते सरकारले उपरथीमा बढुवा गरेको थियो।

 

दर्ज्यानी चिन्ह प्रदान गरी पदोन्नति भएसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृतको रूपमा नियुक्त भएका छन्।

उपरथी ढकाल सैनिक सचिव विभाग अतिरिक्त समूहमा नियुक्त भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार