नवलपरासी : पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नवलपरासीमा अभिनन्दन गरिएको छ । पश्चिम नवलपरासीको सरावलस्थित बर्दघाटे (कालिका) मन्दिरको दर्शन गर्न आएका शाहलाई एक कार्यक्रमकाबिच अभिनन्दन गरिएको हो ।
सोही क्रममा पूर्वराजा शाहले कालिका मन्दिरमा केहीबेर पूजा आराधना समेत गरेका थिए । त्यसपछि पूर्वराजा शाहलाई राप्रपाका केन्द्रीय उपाध्यक्ष एवम् क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधान र रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले स्वागत गरेका थिए ।





