एकैदिन ५६ वडामा रास्वपाको अधिवेशन

२०८० पुष २१, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज एकैदिन विभिन्न जिल्लाका ५६ वडामा अधिवेशन गरेको छ। आज बिहान ११ बजेदेखि कोशी प्रदेशका विभिन्न जिल्लाका १८ वटा वडा, बागमतीका १० वडा, गण्डकीका १६ वडा र सुदूरपश्चिम प्रदेशका ५ वटा वडाहरूमा अधिवेशन सुरू भएको हो।

पार्टी स्थापना भएको एक वर्षपछि रास्वपाले वडाको अधिवेशन थालेको हो। मंसिर २८ देखि रास्वपाले वडाको प्रथम अधिवेशन सुरू गरेको हो। वडा अधिवेशनमा रास्वपाका केन्द्रीय नेताहरूको पनि उपस्थिति छ। चितवनमा उपसभापति डिपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, काठमाडौंमा गणेश पराजुली खटिएका छन्। अन्य ठाउँमा प्रदेश समितिका सदस्यहरू खटाइएको रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार