पथरैया नदीमा देखिए डल्फिन

२०८० पुष २१, शनिबार

धनगढी : कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन् ।

टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा परेका हुन् । जलपन्छी गणनाको अवसर पारेर आज नदीमा जलपन्छी अवलोकन गर्न जाँदा मोहना नदीका र पथरैयाको दोभान र पथरैया नदीमा दुई वटा डल्फिन देखा परेको संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।

“यो क्षेत्रमा हिउँदमा जीवनमै पहिलो पटक डल्फिन देखेँ”, उनले भने । वर्षा याममा भने सो क्षेत्रमा सजिलै धेरै डल्फिन देख्न सकिन्छ । तर, बर्खा सकिएसँगै पानीको सतह घट्दै गएपछि डल्फिनहरु गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गरेका छन् ।

अहिले नदीमा पानीको गहिराई एक मिटरमात्रै रहेको अवस्थामा दुर्लभ डल्फिन आउनु निकै खुशीको कुरो रहेको ढुङ्गानाले बताए । उनका अनुसार केही दिन अगाडि रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पानी पथरैया नदीमा आएको थियो । जसको कारण पानीको सतह अलिकति बढेकाले डल्फिन आइपुगेको हुन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार