म्यानमार सैन्य शासनको अर्को ठूलो हार, विद्रोहीले कब्जा गरे चीनसँग जोडिएको महत्त्वपूर्ण सहर

२०८० पुष २२, आईतवार

काठमाडौँ : चीनसँग सीमा जोडिएको अर्को रणनीतिक रूपमा महत्त्वपूर्ण म्यानमारी सहर विद्रोहीले कब्जामा लिएको छ। आदिवासी अल्पसंख्यक विद्रोही गठबन्धन थ्री ब्रदरहुड एलायन्सले चीनसँगको सीमानजिक रहेको मुख्य सहर आफ्नो नियन्त्रणमा लिएको म्यानमारको सेनाले स्वीकार गरेको छ।

विद्रोहीहरूले लुक्काइको स्थानीय सेनाको मुख्यालयमा रहेका सबै सैनिकहरूबाट हतियार बरामद गरेको बताएका छन्। गत अक्टोबरमा उत्तरी शान प्रान्तमा विद्रोहीहरूले आक्रमण गरेयता यो म्यानमार सेनाको सबैभन्दा ठूलो हार हो।

यो द्वन्द्वले चीनसँग म्यानमारको सैनिक सम्बन्धमा तनाव सिर्जना गरेको छ। पछिल्ला केही दिनमा दुई चिनियाँ मन्त्रीले म्यानमारका सैन्य शासकहरूसँग वार्ता गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार