भेटियो उड्दाउड्दै भाँचिएर झरेको विमानको भाग

२०८० पुष २३, सोमबार

काठमाडौँ : अमेरिकामा उडिरहेका बेला फुटेर झरेको अलास्का एयरलाइन्सको विमानको भाग फेला परेको छ। स्थानीय समयानुसार गत शुक्रबार राति उक्त विमान अमेरिकाको पोर्टल्यान्डबाट उडेको केही बेरमै विमानको झ्यालसहित एक भाग भाँचिएर खसेको थियो।

अमेरिकामा १७७ जना बोकेर उडिरहेको विमानबाट जब एक भाग भाँचिएर अलग भयो यस विषयमा अनुसन्धान गरिरहेको संस्थाका अध्यक्षले सोमबार बब नामका एक शिक्षकले आफ्नो यार्डमा विमानको यो भाग भेटेको बताएका छन्।

यो दुर्घटनापछि अमेरिकामा उडान नियमन गर्ने नियामक निकायले बोइङ ७३७ म्याक्स ९ क्लासका सबै विमानको उडानमा प्रतिबन्ध लगाएको छ। प्राविधिक अनुसन्धान पूरा नभएसम्म यस मोडलका सबै १७१ विमानले उड्न पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार