ब्राउनसुगरसहित सहायक हवलदार पक्राउ

२०८० पुष २५, बुधबार

काठमाडौं : कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दकाअनुसार उनको साथबाट २० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

उनीसँग जोडिएका अन्य व्यक्तिलाई पक्राउ गरेपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार