रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८० पुष २५, बुधबार

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद लाभांश गरि कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रहेको छ । उक्त लाभांश बीमा प्राधिकरणले स्विकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार