वासिङ्टन डिसी : अमेरिका, बेलायतसहित पाँच मुलुकले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि आक्रमण गरेको छ। बिहीबार हुथी विद्रोहीमाथि लक्षित गरी अमेरिका र उसका सहयोगी देशहरुले यमनमाद दर्जनौं हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इसराइल-हमास युद्धपछि नोभेम्बरयता हुथी विद्रोहीले रेड सीमा दुई दर्जनभन्दा बढी हवाई र ड्रोन हमला गरेको थियो।
एक साताअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रशासन र अन्य मुलुकले हुथी विद्रोहीलाई रेड सीमा आक्रमण तत्काल रोक्न र नरोके ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो। दद्रोहीले गजामा इसराइलले गरेको आक्रमणको विरूद्धमा रेड सीमा आक्रमण गरेको बताउँदै आएको छ।
‘यस न्युयोर्क टाइम्सका अनुसार चेतावनीका बाबजुद हुथी विद्रोही पछि नहटेपछि अमेरिका लगायतका देशहरुले यमनमा हुथीलक्षित हवाई आक्रमण गरेको हो। हुथी विले हाम्रा अधिकारीमाथि आक्रमण गर्ने र विश्वकै सबैभन्दा महत्त्वपूर्ण तथा संवेदनशील क्षेत्रमा पारवाहनको अधिकार खतरामा पार्न खोज्नेलाई हामी छोड्दैनौं भन्ने सन्देश गएको छ,’ हुथीमाथि आक्रमणपछि अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन्।
मध्यपूर्वका अमेरकी समर्थित देशहरू कतार र ओमनलगायतका देशहरुले रेड सी मा हुथीविरूद्ध आक्रमण हुँदा हिजबुल्लाह लगायतका अन्य विद्रोही शक्तीहरू पनि प्रत्याक्रणमा उत्रिन सक्ने र यसले लामो युद्धको सुरूवात हुन सक्ने बताउँदै तत्काल आक्रमण नगर्न अनुरोध गरेको थियो। तर बिहीबार अमेरिकाले हुथी विरूद्ध आक्रमण गर्ने निर्णय गरेपछि बेलायतले समर्थन जनाएको थियो।
नेदरल्याण्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले भने गुप्तचर र अन्य सहयोग उपलब्ध गराएको थियो। हुथी विद्रोहीविरूद्धको आक्रमणमा अमेरिकालाई सघाउने बहराइन एकमात्र अरब देश बनेको छ। वेलायत सँधै स्वतन्त्र पारबाहन र व्यापारको पक्षमा उभिन्छ,’ आक्रमणपछि वेलायतका प्रधानमन्त्री ऋषि सुनकले भनेका छन्। आक्रमणपछि हुथीका विदेशमन्त्रीले विज्ञप्ती जारी गर्दै अमेरिका र बेलायतलाई ठूलो मूल्य चुकाउन तयार रहन चेतावनी दिएका छन्।





