डिडिसीकाे निमित्त महानिर्देशकमा अधिकारी

२०८० पुष २९, आईतवार

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।

कृषि मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागु हुने गरी मन्त्रालय झिकाएपछि अधिकारीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । पुस २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई २७ गतेदेखि लागु हुने गरी सो जिम्मेवारी दिएको हो ।

कृषि मन्त्रालयले निर्माण गर्ने दुग्ध एवं दुग्धजन्य पदार्थसम्बन्धी विषयको नीति तर्जुमा एवं हाल यस विषयमा देखिएको समस्याको समाधानका सम्बन्धमा मन्त्रालयलाई आवश्यक सहायोग गर्न भन्दै महाप्रबन्धक झालाई मन्त्रालय बोलाएको हो । पत्रमा सो कुरा उल्लेख गरे पनि कृषि मन्त्रालयले महाप्रबन्धक झाले सन्तोषजनक काम गर्न नसकेको भन्दै झिकाइएको बताउँदै आएको छ ।

महाप्रबन्धक झा आफू मन्त्रालयम हाजिर नहुने बताउँदै आएका छन् । बरु कानुनी उपचार खोज्ने तर मन्त्रालय नजाने उनले बताउँदै आएका छन् ।

निमित्त महाप्रबन्धक झाले डिडिसीमा मौज्दातको समस्या रहेको बताउँदै किसानको भुक्तानीका लागि सरकारले सहुलियत ऋणको सहयोग गर्नुपर्ने बताए । सङ्कलन भए अनुसार दुग्ध पदार्थ बिक्रि नहुँदा किसानलाई भुक्तानी गर्न केही समस्या भएको हो र त्यो समाधान गर्नका लागि कृषि मन्त्रालयले सहयोग गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार