खुलामञ्चमा फुटबल मैदान बनाउन लागेकोमा आपत्ति

२०८० पुष २९, आईतवार

काठमाडौँ : काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने योजनाप्रति अकुपाई टुँडिखेल अभियानले आपत्ति जनाएको छ। अभियानले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल मैदान निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको र त्यसप्रति आपत्ति जनाएको हो।

खुल्लामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व भएकाले फुटबल ग्राउन्ड निर्माण गर्न नहुँने अभियानले जनाएको छ। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउने योजना अघि सारेको छ । दुईवटा फुटबल मैदानसहित पार्क बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ।

यसअघि महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो। त्यसका लागि कार्यपालिका बैठकमा सहमति पनि जुटाएको थियो। तर, सर्वत्र विरोध भएपछि तत्कालका लागि पछि हटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार