टुँडिखेलको भिडमा धकेलाधकेल हुदा ८ जना घाइते

२०८० माघ १, सोमबार

काठमाडौँ : काठमाडौँको टुँडिखेलमा माघी मनाउन ठुलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले  बताए । उनले भने, ‘महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेलहरू घाइते भएका हुन् ।’

टुँडिखेलमा थारु समूदायले थारु राष्ट्रिय माघी महोत्सव र मगर समुदायले पनि माघी महोत्सव मनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार