जनकपुर आइरहेको रेलभित्र ढलेर एक यात्रुको मृत्यु

२०८० माघ २, मंगलवार

काठमाडौँ : भारतको जयनगरबाट जनकपुर आउँदै गरेको नेपालको एक मात्रै रेलमा सवार यात्रुको मंगलबार मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-४ खुट्टा पिपराढी निवासी करिब ५० वर्षीय रामएकवाल पण्डित छन्।

रेल चढेर जनकपुर आउने क्रममा उनी रेलको बोगीभित्रै ढलेका थिए। कर्मचारीले टिकट मागेपछि निकाल्ने क्रममा उनी रेलभित्रको सिटमै ढलेका थिए। अन्य यात्रुले सिटमा ढलेका उनको त्यहीँ ज्यान गएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार