माल्टा पठाईदिने भन्दै ४३ लाख रुपैयाँ उठाएर फरार युवती पक्राउ

२०८० माघ २, मंगलवार

काठमाडौं : माल्टामा आकर्षक रोजगारीमा पठाई दिनेभन्दै ४३ लाख रुपैयाँ उठाएर फरार भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको बन्गासकाली-१ स्थायी घर भई हाल काठमाडौको स्वयम्भु बस्दै आएकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार रानाले मासिक एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुने भन्दै जान ८ लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएकी थिइन्। रानालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार