पूर्वराजा शाहद्वारा शिवनगर महादेवको दर्शन

२०८० माघ ३, बुधबार

रौतहट : पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश प्रदेशमा सक्रियता बढेको छ । धार्मिक यात्रामा निस्केका पूर्वराजा शाह मधेश प्रदेशको बिभिन्न जिल्लाका मंन्दिरमा दर्शन गर्न जाँदा समर्थहरुको भिड लाग्ने गरेको छ ।

बाराको सिमरामा बस्दै आएका पूर्वराजा शाहले रौतहटको गरुडा नगरपालिकामा रहेको शिवनगरस्थित महादेव मन्दिरमा मंगलवार पूजाआजा गरेका छन्। बाक्लो समर्थकका बीच शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका पूर्वराजाा शाहले महादेब भगवानको दर्शन गरेका हुन् ।

शिवनगर चौकबाट पैदल हिडेका पूर्वराजाका समर्थकले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए । मुस्कान सहित पैदल हिँडेका उनलाई बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार