सुनको मुल्यमा भारी गिरावट

२०८० माघ ३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख १८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६५० सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार