लम्पी स्किनबाट ७६ अर्ब ४ लाख रुपैयाँ बराबरको क्षति

२०८० माघ ३, बुधबार

काठमाडौँ : देशभर लम्पी स्किन रोगका कारण ७६ अर्ब रुपैयाँ बराबर भन्दा बढीको क्षति भएको छ । नेपाल पशु चिकित्सा परिषद्का अनुसार ७६ अर्ब ४ लाख रुपैयाँको क्षति भएको हो ।

पशु स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ । मृत्यु भएका पशु चौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ रहेको परिषद्ले जनाएको छ । देशभर १७ हजारभन्दा बढी पशु चौपाया अझै लम्पी स्किन सक्रिय सङ्क्रमित छन् ।

विभागका अनुसार देशभर कुल गाईभैँसीको सङ्ख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु सङ्क्रमित भएका थिए । सङ्क्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १२ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।

सङ्क्रमितमध्ये ४ दशमलव २६ प्रतिशत पशुको मृत्यु भइसकेको विभागको तथ्यांकमा उल्लेख छ । हालसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।

आगामी दिनमा पशुचौपायामा लम्पी स्किन रोग लाग्न नदिनका लागि सरकारले भ्याक्सिन उत्पादनको तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार