काठमाडौं : शेयर बजार परिसूचक नेप्से घटेको छ । वुधबार नेप्से १२.१० अंकले घटेको हो । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा ओर्लिएको हो ।
नेप्से परिसूचक घटेपनि शेयर कारोबारले भने मंगलबारको रेकर्ड तोडेको छ । मंगलबार दुई वर्ष यताकै उच्च ८ अर्ब २ करोड कारोबार भएकामा बुधबार तीन करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भयो ।





