धनगढी : प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलको हवाई सेवा प्रभावित भएको छ ।
काठमाडौंबाट धनगढीका लागि दिउँसो १ बजेर ३१ मिनेटमा उडेको श्रीएयरलाइन्सको जहाज खराब मौसमका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको थियो ।
श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ७ :४० बजे उड्नुपर्ने जहाज खराब मौसमका कारण दिउँसो उडेपनि खराब मौसमका कारण आकाशमा ४५ मिनेट फन्को मारेर नेपालगञ्ज डाइभर्ट भएको जानकारी दिए । उनका अनुसार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको विमान मौसम नखुलेपछि उतैबाट काठमाडौँ फर्किएको छ ।





