नेप्सेको कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने

२०८० माघ ४, बिहीबार

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो ।

दोस्रो चरणको विद्युत मर्मतसम्भार सम्बन्धी कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने छ ।

विद्युतीय प्रणाली अद्यावधिक गर्ने कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको प्रकाशित सूचनामा भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार