काठमाडौं : शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रुपैयाँले बढेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।





