कोटगढीमा धार्मिक महोत्सव

२०८० माघ १०, बुधबार

सुलीकोट : गोरखाको पालुङटार नगरपालिका – १० मिरकोटको कोटगढीमा धार्मिक महोत्सव हुने भएको छ ।

यही माघ ११ गतेबाट पर्यटकीय धार्मिक स्थल बिशेस्वर महादेव मन्दिरको संरक्षण तथा सम्बद्र्धन गरी आन्तरिक पर्यटन तथा बाह्र पर्यटन भित्राउने उद्देश्यले धार्मिक महोत्सव आयोजना गरिएको पालुङटार नगरपालिकाका – १० का अध्यक्ष रिखीराज द्यैरालीले जानकारी दिए । कोटगढीलाई धार्मिक तथा सांस्कृतिक तीर्थस्थलको रूपमा विकास गर्न पनि महोत्सवले सघाउने अपेक्षा गरिएको छ । महोत्सवबाट बचेको पैसाले भ्यूटाबर तथा धर्मशाला निर्माण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

माघ १८ सम्म हुने मेलामा कथा बाचक रामानुजदास सन्तोषले कथा वाचन गर्नेछन् । त्यस्तै भजन कीतृन, देबलिला झाँक्री, तथा चेतनामूलक नाटक प्रस्तुत हुने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन शोभा कलश यात्रा तथा उदघाटन कार्यक्रम हुने छ । त्यसपछि दैनिक कथाको साथमा भजनकीतृन तथा झाक्रीहरुको प्रदर्शनी लगायतको कार्यक्रम तय गरिएको छ ।

महोत्सवबाट २० देखि २५ लाख सम्म रकम सङ्कलन हुने अनुमान गरिएको छ । पर्यटन विकासलाई सघाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक प्रेम खत्रीले बताए ।

त्यस ठाउँ बाइसे चौबीसे राज्यको पालामा राजाहरूले आफ्नो किल्लाको रूपमा प्रयोग गरिएको त्यहाँका शील लेखबाट उल्लेख गरिएको पाइएको छ । पछिल्लो समय कोटगढी घुम्न पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । महोत्सवले कोटगढी स्थित विश्वेश्वर महादेब मन्दिर संरक्षण र प्रबद्धनमा पनि सघाउ पुग्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार