कांग्रेस सिद्धियो, सिद्धियो भन्छन्, म त जस्ताको तस्तै देख्छु : धनराज गुरुङ

२०८० माघ १०, बुधबार

स्याङ्जा : नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।

कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टी सभापति शेर बहादुर देउवा थोरै बोलेर पनि काम धेरै गर्ने जिकिर गर्दै सभापति धेरै कुरा सिक्नुपर्ने बताए। ‘कांग्रेस सिद्धियो, सिद्धियो भन्छन् म त जस्ताको तस्तै देख्छु’, उनले भने, ‘हामी एकबद्ध भएर अगाडि बढौँ, थोरै बोलौँ, जुन हाम्रो सभापतिबाट सिकौँ।’

कार्यक्रममा प्रजातन्त्रका सेनानीहरुलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार