मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

२०८० माघ ११, बिहीबार

मुगु : हिमाली जिल्ला मुगुको सोरु गाउपालिका वडा नम्बर ६ पुरुमुरु गाँउमा भाइरल ज्वरोका कारण तीन जना व्यक्तिको मृत्यु भएको छ । मौसमी ज्वरोका कारण एक सातायता तीन जनाको मृत्यु भएको हो । सोरु गाँउपालिका वडा नम्बर ६ पुरुमुरु गाँउका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृती छत्याल तथा २४ वर्षीया कुसुम ढोलीको निधन भएको हो ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च आदि गाउँका अधिकांश घर–परिवारमा ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने तथा र नाक–मुख सुख्खा हुने देखिएका बिरामीहरु बढेको स्थानिय स्वास्थकर्मीहरुले बताएका छन् ।

उनीहरुका अनुसार बिरामीले सिटामोलसमेत नपाउँदा बिरामीहरुको संख्या बढदै गएको छ । वडा तथा पालिकाबाट कुनै पनि निकायबाट औषधी उपलब्ध नगराइँदा स्थानियलाई निकै समस्या भएको स्थानियहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार