रसियन आर्मी बनेका दैलेखका युवालाई ६ राउण्ड गोली, काठमाडौं ल्याएर हुँदैछ उपचार

२०८० माघ १२, शुक्रबार

काठमाडौं : रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले जानकारी दियो।

गम्भीर घाइते हुनेमा दैलेखका कृष्णबहादुर वली छन्। उनको शरीरमा ६ राउण्ड गोली लागेको पाइएको उच्च स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘वलीको खुट्टामा ४ राउण्ड र हातमा २ राउण्ड गरी जम्मा ६ राउण्ड गोली लागेको छ।’

वलीको अहिले टिचिङ अस्पतालस्थित आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले समेत पुष्टि गरेको छ। ‘अहिले उहाँलाई आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छौँ,’ अस्पताल स्रोतले भन्यो।

वली बिहीबार राति मात्रै रुसबाट काठमाडौं उत्रिएर सोझै टिचिङमा भर्ना भएका थिए। उनी कसरी नेपाल आए भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। अवैध रुपमा रुसी सेनामा भर्ना भएका दैलेखका वली युक्रेनी सेनाको आक्रमणमा परी गम्भीर घाइते भएका हुन्। नेपाल लाइभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार