काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको डिजाइनमा अरुण चौधरी पक्राउ परेको बताएका छन्।
कांग्रेसको संसदीय दलको बैठकपछि सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दाहाल नेतृत्वको सरकारले उद्योगपतिहरूलाई पक्राउ गरेर ‘अन्डर टेबुल’ पैसा डील गर्ने गरेको दाबी गरे। ‘मीनबहादुर गुरुङदेखि अरुण चौधरीसम्मको गिरफ्तारी माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको डीजाइनमा हो। उनीहरूले ठूला उद्योगपति र घरानाहरू पक्राउ गर्ने, ह्यारेस गर्ने र अन्डर टेबुल पैसा डील गर्छन्,’ उनले भने।सांसद शर्माले चौधरी ग्रुपले सरकारले आह्वान गरेको खुला बिक्रीबाटै बाँसबारी जुत्ता कारखानाको सेयर खरिद गरेको बताए।
बैठकमा विनोद चौधरीले अरुण चौधरीको पक्राउप्रति संसदीय दलको ध्यानाकर्षण गराएका थिए।





