लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक थापाको निधन

२०८० माघ १९, शुक्रबार

काठमाडौँ : संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेबनानमा तैनाथ श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको छ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएअनुसार, उनी दोलखा घर भएका थापा उक्त गण हेडक्वार्टरको बंकरमा स्ट्याण्डबाइ ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागि घाइते अवस्थामा फेला परेका थिए। गण हेडक्वार्टरमा रहेको अस्पतालमा उपचारका लागि लगिएकोमा त्यही क्रममा माघ १८ गते निधन भएको सेनाको भनाइ छ। सिपाही थापाको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको पनि जंगी अड्डाले जनाएको छ।

हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसकै असर वा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हाल लेबनानमा तैनाथ उक्त गणमा रहेका सकल दर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको र यही फागुनको दोस्रो हप्ताबाट पालो परिवर्तन (रोटेसन) हुने प्रारम्भिक जानकारी पनि प्राप्त भएको सेनाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
0

ताजा समाचार