८४ को निर्वाचन कुर्न सकिँदैन : राजेन्द्र लिङ्देन

२०८० माघ १९, शुक्रबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न नसकिने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तामा टिक्न विदेशीलाई खुसी पार्ने कामले मुलुकमा बाह्य हस्तक्षेप बढेको बताए। यसलाई रोक्न अब पार्टीले ८४ को निर्वाचन कुर्न नसक्ने उनको भनाइ छ। उनले उत्तर र दक्षिणबाट भइरहेको क्रियाकलापले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्ने खतरा उत्पन्न भएको बताए। उनले बैदेशिक हस्तक्षेप रोक्न, सनातन व्यवस्था कायम गर्न अहिले नै शान्तिपूर्ण जनदबाब सिर्जनाका साथै र युवाहरूको हस्तक्षेप जरुरी रहेको बताए।

अभिभावकीय संस्थाका रूपमा रहेको राष्ट्रपति दलका तर्फबाट चयन हुँदा दलीय प्रभाव देखिएको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था सफल हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार