कालंगा हाईड्रोले आईपीओ निष्काशन गर्ने

२०८० माघ २०, शनिबार

काठमाडौं : कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ४९ करोड रुपैयाँबराबरको १०० रूपैयाँ अंकितदरका ४९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त साधारण सेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँबराबरको ३४ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियुक्त गरेको छ । बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कालंगा हाईड्रोको रजिष्टर्ड कार्यालयमा आयोजित समारोहबीच ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभुति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ज्योतिविकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार