युवा संघका सचिवालय सदस्य मगरमाथि आक्रमण

२०८० माघ २०, शनिबार

काठमाडौं : नेकपा एकीकृत समाजवादी युवा संघको केन्द्रीय सचिवालय सदस्यमाथि अज्ञात समूहद्वारा आक्रमण गरेको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भइ हाल तनहुँको आबुखैरेनीमा बस्दै आएका सचिवालय सदस्य मगरमाथि तीनरचार जनाको समूहले आक्रमण गरेको हो। कसले र किन आक्रमण गर्‍यो भन्नेबारे केही अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

आबुखैरनीमा शुक्रबार बेलुका साढे ७ बजेतिर बाटोमा हिँडिरहेका बेला उनीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार