भीमफेदी–माता तीर्थ सडक एकतर्फी सञ्चालन

२०८० माघ २१, आईतवार

हेटौँडा : हेटौँडा—काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–महालक्ष्मी खोला— चखेल–माता तीर्थ सडक खण्डको मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका  ५ मा सुख्खा पहिरोले अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालन गरिएको छ ।

ईन्द्रसरोवर गाउँपालिका  ५ पाटी चौर सडक खण्डमा जेसिबीले सडक चौडा गर्न कटान गर्ने क्रममा शनिवार सुख्खा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध बनेको थियो । ईन्द्रसरोवर गाउँपालिका  ५ का वडाध्यक्ष दुतराज तितिुङले सुख्खा पहिरो खसेर सडकमा आवागमन अवरुद्ध बनेपछि पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

स्थानीय र प्रहरीको समेत सहयोगमा सडक सुचारु गरिएको थियो । सडक अवरुद्ध बनेपछि सो मार्ग भएर चल्ने सुमोलगायतका साना सवारीका साधनहरूको आवागमन ठप्प भएकोमा सडक खुलेसँगै गन्तव्यतर्फ लागेका थिए । हेटौँडा काठमाडौँ जोड्ने उक्त सडकको मकवानपुर र काठमाडौँतर्फ हाल स्तरोन्नतिको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार