अरुण चौधरीलाई दोस्रोपटक म्याद थप्दै सीआईबी

२०८० माघ २१, आईतवार

काठमाडौं : पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बासवारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा पारेको आरोपमा पक्राउ गरेको थियो । उनकै निवास लैनचोरबाट माघ १८ गते पक्राउ गरेको थियो । सीआईबीले उनलाई चार दिनदेखि थुनामा राखी बयान लिइरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिकै रहोबरमा सीआईबीले बयान जारी राखेको हो । सीआईबीले उनलाई थुनामा राखेर बयान लिन पहिलो पटक जिल्ला अदालतबाट चार दिनको अनुमति पाएको थियो । उक्त अनुमति आज सकिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले उनको बयान जारी रहेको बताए ।  “हामी अनुसन्धानकै क्रममा छौँ । बयान सकिएको छैन । भोलि थप म्यादका लागि प्रक्रिया बढाउँछौ । बयानकै विषयमा भने धेरै बोल्न मिल्दैन,” उनले भने ।

प्रहरीमाथि मुद्दा चाँडो बुझाउन चौतर्फी दबाब छ । सीआईबीले उनीहरूमाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान जारी राखेको छ । सीआईबीले अरुणसहित तत्कालीन बासवारी जुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक महोत्तरीका सन्जय ठाकुरलाई समेत पक्राउ गरेको थियो । उनीहरू तीनैजना नै सुविधायुक्त ग्रान्डी अपस्तालमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार