क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्सको उडानमा शत प्रतिशत छुट

२०८० माघ २२, सोमबार

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्यान्सर पीडित बिरामीहरूलाई नि:शुल्क हवाइ सेवा दिँदै आएको छ।

निगमले सामाजिक उत्तरदायित्त्व अन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले पीडितलाई शत प्रतिशत छुट र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जनाएको छ। यसका लागि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ।

सन् २०२३ मा निगमले सोही सिफारिसको आधारमा काठमाडौं-दिल्ली-काठमाडौं गन्तव्यमा ७७० जनाले नि:शुल्क हवाइ सेवा लिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार