जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा

२०८० माघ २८, आईतवार

पोखरा : जनयुद्ध दिवसका दिन फागुन १ गते बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

माघ १९ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए । बिदा सम्बन्धि सूचना सार्वजनिक गरिएको छ ।

पालिकाको अध्यक्ष विक माओवादीबाट निर्वाचित भएका हुन् । फागुन १ गते गाउँपालिका कार्यालय र मातहतका सबै कार्यालयहरूमा बिदा दिइएको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
7
+1
2
+1
7
+1
10
+1
16
+1
11

ताजा समाचार