ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, भोलि फैसला सुनाउने तयारी

२०८० फाल्गुन १, मंगलवार

काठमाडौँ : ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो ।

विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन हो । भोलि (बुधबार) फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी समेत माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार