सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो : प्रचण्ड

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं : नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभापछि आफूहरू काठमाडौं र सत्ता केन्द्रित भएको स्वीकार गरेका छन्।

४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूहरू सत्तामै केन्द्रित हुनु नै गल्ती भएको बताए।

उनले भने, ‘शान्ति सम्झौता र संविधानसभापछि काठमाडौं र सत्ताको समीकरणको कार्यनीतिक कामै होइन भन्दिनँ, त्यो पनि काम हो, तर त्यो कार्यनीतिक कुरा थियो। हामी स्ट्राटेजीलाई हामीले छोड्यौँ।’

विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरामा कम्युनिस्टहरूको गल्ती भएको बताए।

उनले भने, ‘नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही विमुख हुन पुग्यौँ, यही नै मुख्य कमजोरी भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार